ताप्लेजुङ, १९ साउन । ताप्लेजुङमा पहिलो पटक दुई वर्षिय बच्चामा कोरोना संक्रमण पुष्टि भएको छ । मिक्वाखोला गाउँपालिका–२ का एक बच्चामा शनिबार गरिएको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।

संक्रमित ति बच्चामा निमोनिया सहित श्वास प्रश्वास सम्बन्धि समस्या देखिएको छ । संक्रमण देखिए पछि शनिबारदेखि नै अस्पतालको आईसोलेशनमा अक्सिजन सहित बच्चाको उपचार भईरहेको बताईएको छ ।

जिल्लामा पहिलो पटक यसरी बच्चामा संक्रमण पुष्टि भई अस्पताल भर्ना भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । बालबच्चामा समेत लक्षण सहित संक्रमण देखिन थाले पछि उनिहरुको स्वास्थ्य सुरक्षामा थप सतर्कता अपनाउन आवस्यक देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!