एमाले अध्यक्ष केपी ओलीले सोमबार गठित पार्टी स्कुल विभाग प्रमुखको पनि जिम्मेवारी लिएका छन् । माधव नेपाल पक्षबिनै बनाइएको विभागको सदस्यमा रामबहादुर थापा बादल लगायतलाई समेटिएको छ ।
यस्तै अन्य सदस्यमा प्रदीप ज्ञवाली, राजेन्द्र रावल, शंकर पोखरेल, बिन्दा पाण्डे, लालबाबु यादव, बालकृष्ण ढुंगेल, राधा ज्ञवाली, युवराज कार्की रहेका छन् भने विभागको सचिवमा ईश्वर रिजाल रहेका छन् ।

यस्तै प्रचार विभागको प्रमुखमा प्रदीप ज्ञवाली रहेका छन् भने संयोजकत्वमा १९ सदस्यीय विभाग स्थायी कमिटीबाट बनाइएको छ । विभागको उपप्रमुखमा सूर्य थापा रहेका छन् ।
यस्तै सदस्यहरूमा रामकृष्ण ज्ञवाली, माधव विद्रोही, शीतल शाह, माधव नेपाल, डीआर घिमिरे, सूर्यमणि गौतम, रोशन खड्का, इन्द्रमान बुढा, राजेन्द्र अर्याल, गगन विष्ट, गणेश बस्नेत, निर्मल शर्मा, यशोदा तिमल्सिना, प्रमोद दाहाल, राजु लामा, मधु शाही र गणेश पाण्डे रहेका छन् ।
एमालेले स्थायी कमिटीबाट स्कुल र प्रचारसहित विभिन्न ९ विभाग बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!