साउन १८ काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । यस अघि व्यापारी व्यशायीलाई मन्त्री बनाएको भन्दै आलोचना हुँदै आएका बेला श्रेष्ठले यस्तो घोषणा गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल प्रेस मिटमा श्रेष्ठले सुरक्षाकर्मीबाहेक सरकारले दिने तलबभत्ता, आवासलगायत सुविधा नलिने उद्घोष गरे ।
राज्यमन्त्री श्रेष्ठले खोपको व्यवस्था प्रभावकारी बनाउने आफ्नो मुख्य कार्ययोजना रहेको पनि सुनाए ।
उनी लिटिल एन्जेल्स स्कुल लगायतका शैक्षिक प्रतिष्ठान, स्वास्थ्य संस्था लगायतका व्यशायीक प्रतिष्ठानहरुका सञ्चालक हुन् । यद्यपि,उनले आफू अहिले ती प्रतिष्ठानहरुबाट अलग भएको बताए ।

स्वास्थ्य मन्त्री श्रेष्ठले असोज सम्ममा दुई करोड खोप आईसक्ने र माघ सम्ममा ३ करोड २३ लाख खोप नेपाल आईसक्ने दाबी पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!