संसद विघटन पछि आफ्नै पार्टीको सरकार बिरुद्ध निरन्तर आन्दोलनमा रहेर सक्रिय भएका एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई सरकारमा सहभागी हुन प्रचण्डले पुनः आग्रह गरेका छन् । आज बिहानै कोटेश्वर पुगेर नेता नेपाललाई सरकारमा सहभागी हुन प्रचण्डले आग्रह गरेका हुन् ।
गठबन्धनमा माधव समुह सामेल रहेको र आन्दोलनमा सहभागी सबै दल सरकारमा सहभागी हुनु राम्रो हुने भन्दै प्रचण्डले प्रयास जारी राखेका छन् ।
यस विषयमा पार्टी एकताका लागि दबाब परिरहेका कारण नेता नेपालले भने अझै केही समय सल्लाह गरेर निर्णय गर्ने जवाफ दिँदै आएका छन् ।
एमाले एक नभएर विभाजन भएमा सरकारमा सहभागी हुने र एक भए सरकारमा सहभागी नहुने नेपालको रणनीति रहेको छ । यसैले तत्काल के गर्ने भन्ने विषयमा नेता नेपाल दोधारमा रहेको देखिएको छ ।
माधव पक्षलाई नै पर्खेर देउवाले अझै मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!