पाचथरको फालेलुङ प्रवेशको मुख्य सडक जोरपोखरि फाल्लोट मोटर बाटोको जोरपोखरी देखि फालेलुङ २ पञ्चमुखी सम्म सडक मर्मत गरिएको छ । बर्षाका कारण खाल्डा खुल्डीभएको स्थानमा ढुङ्गा गिटी भरिएको हो ।पहिरो पन्छाएर मोटर बाटो सफा गरिएको छ ।
यातायात संचालनमा अधिक समस्या भएका वडा नम्बर १ आहाल डाडा, काहुले, आङ्बो चोक सगै वडा नम्बर २ को पञ्चमुखी बजार छेउमा ग्राबेल गरिएको हाम्रा सहकर्मि जिपि अधिकारीले वताए । कालोपत्रे तथा स्तर उन्नतिका लागि बहुबर्से योजना अन्तर्गत भारतसग नाका जोडिएको अम्बरपुर हिलिहाङ चोक , मेची राजमार्ग हुँदै ताङ्लेपा फाल्लोट जोड्ने सडकमा एक अर्ब पच्पन्न करोड अठाइस लाखको ठेक्का स्विकृत भएको छ ।
तत्काल काम सुरुवात नभएकोले यातायात सहजता होस तथा सवारी दुर्घटना नहोस् भन्ने उदेश्यका साथ फालेलुङ गाउँपालिकाको बिपत्त कोषबाट खर्च गरि सडक मर्मत गरिएको वडा नम्बर दुईका वडा अध्यक्ष तिल बहादुर खत्रीले बताउनु भएको छ ।








