साउन १, २०७८

१ नम्वर प्रदेशका सामाजिक बिकास मन्त्री उषाकला राईलाई ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले आफ्नै घरमा आगो लगाउनेस“ग खुट्टा नकमाउन सुझाएका छन । ताप्लेजुङमा रहेको धार्मिक स्थल पाथीभरा दर्शन गरेर फर्कने क्रममा सदरमुकाम फुङलिङ आएकी राई पार्टी कार्यालय आउन अस्विकार गरेपछि प्याकुरेलले नगरपालिकामा बोलाएर आक्रोस पोखेका हुन ।

‘तपाइलाई मैले पहिलो पटक देखेको पहिलो पटक भेटेको हो,’ मेयर प्याकुरेलले थपे, ‘पार्टीको कुन खेमाको हो मलाई थाहा छैन, आफ्नै घरमा आगो लगाउने माधव नेपालहरुस“ग खुट्टा कमाउनु जरुरी छैन ।’ उनले बोली र ब्यवहारमा प्रष्ट हुनुपर्नेमापनि जोड दिए । वुधवार ताप्लेजुङ आएकी राई विहिवार पाथीभरा दर्शन गरेर फर्कने क्रममा सुक्रवार सदरमुकाममा भेटघाट कार्यक्रममा थिइन । एमालेको ओली समुहले सुक्रवार विहान ८ वजे पार्टी कार्यालयमा भेटघाट कार्यक्रम राखेको थियो । कार्यक्रममा पत्रकारलाईपनि बोलाइएको थियो । तर पार्टीमा नआउने नगरपालिकामा आउने भएपछि प्याकुरेलले पार्टीका कार्यकर्ता र पत्रकारलाई नगरपालिकाको सभाहलमा बोलाएका थिए ।

राइलेभने पार्टीले आफुलाई नबोलाएको प्रतिकृया दिएकी छन । ओली पक्षको समर्थन गर्दै उनले अदालतले कु गरेको आरोपपनि लगाइन । ‘अदालतले प्रधानमन्त्री तोक्ने होभने निर्बाचन किन गर्नुपर्यो, जनतामा किन जानुपर्यो,’ राईले थपिन, ‘सांसद स्वतन्त्र हुने होभने पार्टी किन चाहियो, संगठन किन चाहियो ।’ गलत अभ्यासवाट बनेकाले काग्रेसलाई पनि खुसी नहुन उनले आग्रह गरिन ।

नेताहरुले गल्ति कमजोरी सच्याएर अघि बड्नुपर्ने बताएकी उनले ताप्लेजुङमा कता कता अप्ठेरो भएको वताइन ।

ताप्लेजुङमा ओली र नेपाल समुहका छुट्टाछुट्टै पार्टी कार्यालय रहेको छ । एमाले र माओवादी पार्टी एकिकरण हुनु अघिसम्मका अध्यक्ष वलवहादुर साम्सोहाङ नेतृत्वको पार्टी कार्यालय बिरेन्द्र चोकमा छभने ओली समुहले चयन गरेका जिल्ला अध्यक्ष भुपेन्द्र थेवे नेतृत्वको पार्टी कार्यालय तोक्मे डाडा“मा छ । श्रोतका अनुसार राईलाई प्रदेश सांसद समेत रहेका साम्सोहाङलेपनि आफुरहेको पार्टी कार्यालयमा आउन अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!