एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सले पोर्चुगिज गोलरक्षक जोसे सालाई क्लबमा अनुबन्ध गर्न सफल भएको छ । आफ्नो पहिलो रोजाईको अर्का पोर्चुगिज गोलरुक्षक रुई प्याट्रिसियाले क्लब छाडेपनि वल्भ्सले उनको विकल्पमा जोसेलाई अनुबन्ध गरेको हो ।
वल्भ्सले २८ वर्षीय गोलरक्षकलाई ग्रीसको ओलम्पियाकोसबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो । प्याट्रिसियो यसै समरमा इटालियन क्लब रोमामा पुगेका छन् ।
उनी २०२६ सम्म व्ल्भ्समा बस्ने छन् । जोसेले ग्रीसको क्लबका लागि १ सय २४ खेल खेलेका थिए । जसमा ६२ क्लिन सिट राखेका थिए । गत सिजनको लिगमा उनले २९ खेल खेलेका थिए ।







