३० असार, ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङ्लिङका बजार पसल साँझ ५ बजे सम्म खुल्ला गर्ने निर्णय गरेको छ ।
साउन १ गते देखि ७ गते सम्म जिल्लामा केही मात्रामा कोरोना संक्रमितको संख्या घटेको भन्दै बजारका पसल बजार खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।
ताप्लेजुङमा पर्ने मेची राजमार्ग सडक खण्डमा सवारी साधनहरु नरोकि सञ्चालन दिईने भएको छ । जिल्लाका स्थानीय तहमा जाने सवारी साधन भने पालिकाको निर्णय अनुसार गरिने छ ।
फुङ्लिङका बजार पसल दिँउसो १ः०० बजे सम्म मात्र सञ्चालन गरिदै आएको थियो । साउन १ बाट होटल तथा रेष्टुरेन्ट पनि बिहान ६ बजे देखि बेलुकी ८ः०० बजे सम्म सञ्चालन हुने निर्णय गरिएको प्रजिअ पाण्डेले बताउनुभयो ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सरकारी तथा गैर सरकारी संघसंस्था र बैंक तथा बित्तीय संस्थाको आन्तरिक कार्य सञ्चालनलाइ नियमित गरिने निर्णय पनि बैठकले लिएको छ । शैक्षिक संस्थाको पठनपाठन पनि तत्कालै सुरु नगरिने भएको छ ।







