ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङमा पुन एक शाता निषेधाज्ञा थप भएको छ ।
सोमवार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले साविककै शर्तहरुलाई कार्यान्वय गर्ने गरी आगामी असार ३१ गते रातको १२ बजेसम्म निषेधाज्ञा लम्ब्याएको हो । निषेधाज्ञा अवधिभर साविकै शर्त अनुसार फुङ्लिङका बजार पसल विहान ६ बजेदेखि दिउँसो १ बजे सम्म खुल्ला हुने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर बेलुकी ५ बजे सम्म बजार पसल खुल्ला गर्ने प्रशासनले प्रस्ताव राखेपनि उद्योग बाणिज्य संघले पुरानै समयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएपछि उक्त निर्णय गरिएको प्रशासन कार्यालयले जनाएको छ ।









