एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा डेनमार्कले पहिलो हाफमा चेक गणतन्त्रविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।

खेलको सुरुवाती मिनेटदेखि नै बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुनेको डेनमार्कले पाँचौ मिनेटमा अग्रता लिएको थियो । कर्नरमा गोल गर्दै अग्रता लिएको डेनमार्कले त्यसपछि केहि अवसर सिर्जना गरेको थियो । चेकले खेलमा फर्कने प्रयास गरेपनि गोलरक्षक बाधक बनेका थिए । पहिलो हाफको अन्तिम समयमा डेनमार्कले उत्कृष्ट टिम गोल गर्दै अग्रता दोब्बर पार्यो ।

खेलको पाँचौ मिनेटमा नै डेनमार्कले थोमस डिलेनीको गोलमा अग्रता लियो । स्ट्राइगर लार्सनको कर्नसमा डिलेनीको हेडर भुइमा लाग्दै गोल भएको थियो । गोलरक्षक टोमस भाच्लिकले डाइभ दिएपनि बलसम्म पुग्न सकेनन् । त्यसको दुई मिनेट अघि डिलेनीले नै आफ्नो पेनाल्टी क्षेत्रमा भल्दिमिर सौफालको प्रहार रोक्दै खतरा टारेका थिए ।

१३ औं मिनेटमा पिएर एमिल होएबिएरले दिएको थ्रु पासमा मार्टिन डाम्सगार्ड केहि ढिला बलसम्म पुग्दा भाच्लिकले नियन्त्रणमा लिए । २२ औं मिनेटमा डेनमार्कका गोलरक्षक कास्पर स्माइकलले उत्कृष्ट बचाउ गर्दै अग्रता कायम राखे । मासोपुस्तको थ्रु पासमा होलेसको प्रहारलाई स्माइकलले अघि बढ्दै विफल परेका थिए ।

२७ औं मिनेटमा मार्टिन ब्रेथवेटले बाहिर प्रहार गर्दा डेनमार्कले अग्रता बढाउन सकेन । ३८ औं मिनेटमा डाम्सगार्डको शक्तिशाली प्रहारमा भाच्लिक बाधक बने । ४२ औं मिनेटमा भने डेनमार्क अग्रता दोब्बर पार्न सफल रहयो । जोकिम माहलेले बायाँ विंगबाट आफ्नो दायाँ खुट्टाको बाहिरि भागबाट दिएको क्रसलाई कास्पर डोलबर्गले पहिलो टचमा नै गोलको दिशा दिँदै २-० को अग्रता दिलाए ।

यस खेलको विजेताले चौथो क्वाटरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्ड र युक्रेन आज मध्यरात १२:४५ बजे खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!