काठमाडौं । नेपाली काँग्रेसले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने सूचना संघीय संसद् सचिवालयमा दर्ता गराएको छ ।

राष्ट्रिय सभा काँग्रेस संसदीय दलले शुक्रबार अध्यादेश अस्वीकार गर्ने सूचना पेश गरेको हो ।

संसद्मा विधेयक ल्याएर विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत कानुन ल्याउँदा संसदीय अभ्यास र मर्यादाविपरीत हुने भन्दै अध्यादेश अस्वीकार गर्ने काँग्रेसले नीति लिएको छ । त्यसका आठ कारण पनि पेस गरेको छ ।

अस्विकारका ८ कारण

१ नेपालको संविधानको मर्म र भावना विपरित

२ पृथकीकरणको सिद्धान्त विपरित

३ संसदीय मान्यता र भावना विपरीत

४ संसद छलेर ल्याइएको अध्यादेश

५ असमसामयिक एवं असान्दर्भिक,

६ सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत कामकारवाही रोकेको विषय संसदमा विचाराधीन हुँदाहुँदै अध्यादेश मार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरित

७ कर निर्धारण लगायत आर्थिक सम्बन्धी विषयहरु र विनियोजन सम्बन्धी विषयहरु जनप्रतिनिधिहरुको थलो संसदमा छलफल गरेर अघि बढाउनुपर्नेमा प्रतिनिधि सभा विघटन गरी ल्याएको अध्यादेश भएकोले,

८ कतिपय विधेयकहरु संसदमा विचाराधीन हुँदाहुँदै अध्यादेश मार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरित भएकोले

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!