१४ असार, ताप्लेजुङ ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा कोरोना संक्रमण तिव्र गतिमा फैलिएको छ ।

पालिकाको केन्द्र समेत रहेको हाङपाङमा सोमबार ५५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ । हप्तादिन अघि सोहि संख्यामा गरिएको परीक्षणमा ३९ जनामा संक्रमण भेटिएको थियो । सोमबार प्रसाईं गाउँ, पालिका कार्यालय माथिल्लो क्षेत्र, माखातोप टोलका स्थानीयको परीक्षण गर्दा अधिकांशको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख समिर प्रधानले बताए ।

सो क्षेत्रमा दुई हप्ताअघि एक स्थानीयको मृत्यु भएको थियो । संक्रमितहरु ती व्यक्तिको मलामी र सुध्याईमा संलग्न धेरै रहेको वडाध्यक्ष देवी खरेलले बताए । संक्रमण भयावह बनिसक्दा समेत गाउँमा भेला हुने, आवतजावत नरोकिएको कारण नियन्त्रणमा समस्या भएको वडाध्यक्ष खरेलको भनाई छ ।

यसैबिच आज सिरिजंघा गाउँपालिकामा ५, पाथीभरा याङ्वरक, मेरिङ्देन र मिक्वाखोला गाउँपालिार्मा एक एक र जिल्ला अस्पतालमा २ जना कोरोना संक्रमित थपिएका छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!