नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहकाबिच आज छलफल भएको छ। तीन नेताबिच महामन्त्री कोइरालाको निवास महाराजगन्जमा छलफल भएको हो।सरकारका गतिबिधि लगायत बर्तमान समसामयिक राजनतिका बारेमा पनि छलफल भए पनि मुख्यत पार्टिको आसन्न महाधिवेशनका बारेमा तिन नेतहरुबिच छलफल भएको हो।
आगामी १४ औ महाधिबेशनमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मिलेर जाने सहमति भएको बताइएको छ। बर्तमान शभापति शेरबहादुर देउवाको बिकल्प खोज्ने तयारी तिन नेताले गरिरहेका छन।
तिनैजना सभापतिका आकांक्षी नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबिच सम्वादलाई निरन्तरता दिदै आगामि महाधिबेशन सम्मै मिलेर जाने बारेमा कुराकानि भएको बताइएको छ।तिन नेता एकठाउँमा बस्दा देशभरका कार्यकर्तामा उत्साह देखिएको बैठकपछि बिमलेन्द्र निधिले बताए।
यस अघिनै एक टेलिभिजनलाइ अन्तर्बर्ता दिदै महामन्त्री डा.शशांक कोइरालाले सबैको साझा उम्मेद्वारको रुपमा आफुले उम्मेद्वारि दिने बताइसकेका छन।पार्टिका भित्रका आवश्यक सबै नेताहरुसग छलफल र सल्लाह गरेर अघि बढ्ने र आसन्न महाधिबेशनमा उम्मेद्वारि दिने महामन्त्री कोइरालाले बताइसकेका छन।
केही दिनअघि तिन नेताहरुले विमलेन्द्र निधि निवासमा छलफल गरेका थिए । आज महामन्त्री शशांक कोइराला निबासमा छलफल भएको र केही दिनभित्रै सिंहको निवासमा छलफल गर्ने बताइएको छ ।







