९ असार, ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले आर्थीक वर्ष २०७८÷२०७९ को लागि ४१ करोड १६ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार नवौं गाउँभामा गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेले चालुतर्फ २७ करोड ५८ लाख ३३ हजार र पुँजिगततर्फ १३ करोड ५८ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

‘मेरिङ्देनको पहिचानः समृद्धिको अभियान’ मुख्य नारा तय गरेको मेरिङ्देन गाउँपालिकाले गाउँसभामार्फत् सडक तथा अन्य पूर्वाधार विकास सम्बन्धि नीति, स्वास्थ्य सम्बन्धि नीति, आयुर्वेद सम्बन्धि नीति, शिक्षा सम्बन्धि नीति, युवा तथा खेलकुद सम्बन्धि नीति, कृषि विकास नीति, सहकारी नीति, पशु विकास नीति, पर्यटन नीति, भवन सम्बन्धि नीति पारित गरेको हो ।

त्यस्तै सामाजिक तथा महिला सुरक्षा सम्बन्धि नीति, संस्थागत तथा क्षमता विकास, सुशासन नीति, विपद् व्यवस्थापन नीति, वन तथा वातावरण सम्बन्धि नीति र खानेपानी तथा सरसफाई सम्बन्धि नीति पनि पारित भएका छन् । १० लाख वा सोभन्दा माथीका सम्पुर्ण पूर्वाधार निर्माणका योजनाहरु इबिड बोलपत्र र ५ लाख माथीका योजनाहरु दरभाउपत्र मार्फत् मात्रै सञ्चालन गर्ने नीति लिएको छ ।

गाउँपालिकाको केन्द्रसम्म पक्की सडक पुर्याउन पहल गर्ने, वडा नं १,४,५,६ मा आगामी वर्षभित्रै केन्दीय प्रशारण लाइन पुर्याइने छ । साथै गाउँपालिकास्तरीय सडकहरुको नापी कार्यालयसँगको सहकार्यमा लगत कट्टाको व्यवस्था मिलाउने उल्लेख छ । गाउँपालिकाले स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई पनि प्राथकिता दिएको छ । कोरोना माहामारीबाट बच्न तथा बचाउनका लागि २५ लाख रुपैयाँको कोष खडा गर्ने बताइएको छ । कोरोना प्रभावित स्वास्थ्यकर्मीहरुको लागि १० लाखको जिवन बिमा, पटक पटक कोरोना प्रभावित भए २० हजार उपचार खर्च प्रदान गर्ने र अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र अन्यलाई ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने उल्लेख छ ।

गर्भवति तथा हजार दिने महिलाहरुलाई न्युनतम पोषण भत्ता प्रदान गर्ने लगायतका कार्यक्रम सञ्चालन गरी घरमा शून्य सुत्केरी अभियानलाई व्यापक बनाउने, कुपोषणबाट अति प्रभावित बालबालिकाको स्वास्थ्यमा ध्यान दिइने, आधारभूत विद्यालय स्वास्थ्य पोषण कार्यक्रम पनि सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै पाठेघर खसेका तथा भिया रिएक्टिभ महिलाहरुको निःशुल्क उपचार तथा शाल्यक्रिया गर्ने योजना ल्याएको छ । विद्यालय भर्नादर शतप्रतिशत पुर्याउन विषेश शैक्षित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, परीक्षालाई मर्यादित बनाउन फरक विद्यालयको शिक्षकलाई केन्द्राध्यक्ष तोकेर गाउँपालिकास्तरिय परीक्षा सञ्चालन गर्ने निजी शिक्षक नियुक्ति बन्द गर्ने योजना गाउँपालिकको रहेको छ । स्थानीय भात्रिभाषाको पठनपाठनलाई निरन्तरता, फुङलिङस्थित बाल सुवोधनी संस्कृत माध्यामिक विद्यालयमा हाइड्रो इञ्जिनियरिङ अध्ययनको लागि एक छात्र र एक छात्रालाई छात्रवृत्तिको व्यवस्था समेत गरेको छ । अलैचि र बङ्गुर पकेट, निशुल्क बिउविजन वितरण कार्यक्रम, कृषि संकलन केन्द्र निर्माण, पशुहरुको नश्ल सुधार, गोठ सुधार जस्ता कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले नीति लिएको छ ।

मैवाखोला गाउँपालिकासँग समन्वय गरि मेरिङ्देन झरनाको सीमाना यकिन गर्ने, सुर्मा–देवलडाँडा–कागोने मयुर संरक्षण क्षेत्रको निरन्तरता दिई जैविक पर्यटन प्रवद्र्धन गर्ने, खाम्लुङ स्वास्थ्य चौकीमा ५ शैय्याको अस्पताल निर्माण सुरु गर्ने, उपाध्यक्ष जस्तापाता कार्यक्रम सञ्चालन गर्ने, जातीय भेदभाव तथा छुवाछुत मुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको छ ।

जनप्रतिनिधिका ५ वर्ष नामक स्मारिका प्रशासन, गत फागुन १८ गते भएको आगलागिबाट क्षति पुगेको वडा नं ३ स्थित दोभान बजारलाई नयाँ नमुना दोभान बजार क्षेत्र घोषणा गर्ने समेत नीति लिइएको छ । गाउँसभाका सदस्यहरुले नीति तथा कार्यक्रममा उठाएका प्रश्नको गाउँपालिका प्रमुख गणेश बहादुर चोङवाङले जवाफ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!