विपक्षी गठबन्धनका शीर्ष नेताबीच ६ विषयमा छलफल भएको छ । सोमबार साँझ नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको निवास कोटेश्वरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का बीच डेढ घण्टा छलफल भएको हो । समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गर्दै वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको छलफलले निष्कर्ष निकालेको छ । बैठकले एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता जनाएको बैठकमा सहभागी काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।







