सर्वोच्च अदालतमा मन्त्रीपरिषद् विस्तार असंवैधानिक भन्दै मुद्धा बिचाराधीन रहेका बेला प्रधानमन्त्रीले आज थप मन्त्रीहरु नियुक्ति गर्ने तयारी गरेका छन् ।
आज गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गर्ने भएका छन् ।
उनले आफू निकट खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् । यस अघि महेश बस्नेतको नाम पनि गृहमन्त्रीका लागि चर्चामा आएको भए पनि अधिकारी बाजी मार्न सफल भएका हुन् ।
त्यस्तै पूर्व गृहमन्त्री बादलकी श्रीमति नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री, पूर्व माओवादीकै ज्वालाकुमारी साह कृषि मन्त्री, नियुक्त हुने भएकी छन् ।
यसै गरी नारदमुनी राना वनमन्त्री, मोहन बाँनिया( विना विभागीय, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुने भएका छन्। ती सबै मन्त्रीले आजै साँझ शपथ लिने भएका छन् ।
यस अघि जसपाको ठाकुर समुहबाट राजेन्द्र महतो सहित १० जना र एमालेबाट गरी १७ जना मन्त्री नियुक्त गरेका थिए ।
संसद विघटन र निर्वाचन घोषणा पछि स्वतः काम चलाउ बनेका प्रधानमन्त्रीले धमाधम मन्त्रीपरिषद् विस्तार गरेकोमा आलोचना भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!