२२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला–२ खोक्लिङमा काजक्रिया गराउन गएका पुरोहित मृत अवस्थामा भेटिएकाछन् । फुङलिङ नगरपालिका–९ हाङ्देवाका हरीप्रसाद घिमिरे आज बिहान मृत अवस्थामा भेटिएका हुन् ।

बिहान उठेर आगो तापेर बसेको र केहिबेर पछि त्यहि ठाउँमा मृत अवस्थामा देखिएको स्थानीयलाई उदृत गर्दै प्रिशा बस्नेतले जानकारी दिएकिछन् । ११ दिन अघि निधन भएका खोक्लिङका बिद्यास्वरा कार्कीको काजक्रिया गराउन गएका घिमिरे ओहोरदोहोर गर्न नसक्ने भएकाले उतै बस्दै आएका थिए ।

घिमिरेमा केहि दिन अघिदेखि सामान्य खोकि लाग्ने, ज्वरो आउने जस्ता समस्या समेत देखिएका थिए । घटनास्थलमा अनुसन्धानका लागि प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!