नेकपा एमाले झलनाथ खनाल– माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै छ । शनिबार दिउँसो १२ बजे भर्चुअल मिटिङले विहीबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गरिने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले रातोपाटीलाई जानकारी दिइन् ।

विहीबार र शुक्रबार गरी माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । उनका अनुसार केन्द्रीय कमिटी बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

साथै पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने बैठकको निष्कर्ष छ ।

बैठकमा सहभागी बहुसंख्यक केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीले अझै जालझेल र दाउपेच गरेर समूहलाई कमजोर बनाउने चलखेल गरिरहेकाले सकभर निश्चित समयसीमा तोकेरै वार्ता गर्नुपर्नेमा जोड दिएका थिए ।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक शाक्यले बताइन् ।

उनले भनिन्, ‘केपी ओली एमालेका लागि मात्र होइन, देशकै लागि बोझ भइसके । अब अब हामीले पनि आफ्नो दिशा तयार गर्नुपर्ने बेला भएको छ । आजको बैठकमा यसबारे गम्भीर छलफल हुन्छ ।’Ratopati

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!