ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ७ मा शुक्रबार ६७ घरपरिवारलाई राहत वितरण गरेको छ । ६७ घरपरिवारालाई १ लाख १५ हजार बरावरको राहत वितरण गरेको वडाअध्यक्ष राजन गुरुङले जानकारी दिनुभयो ।

प्रति घर परिवारलाई २५ केजी चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन वितरण गरेको हो । वडाअध्यक्ष गुरुङले २० हजार र वडासदस्यहरु डम्बर पालुङवा, जीवन पालुङवा, राधा न्यौपाने र सीता विकले जनही १० हजारगरि ६० हजार संकलन गरेका हुन् । बाँकी रकम ६ जना यूवाहरुले विदेशबाट पठाएका हुन् ।

युकेबाट सुवास पालुङवाले २० हजार, कोरियाबाट गुगुहाङ पालुङवाले १५ हजार, क्यानडाबाट मनिराज पालुङवाले १० हजार, नैनहाङ पालुङवाले ५ हजार, प्रेमराज पालुङवाले ५० हजार प्रदान गर्नुभएको हो ।

विदेशमा रकम संकलन गर्नका लागि पृथ्वी पालुङवा र अभय लिम्बुले सहजीकरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!