२१जेठ, ताप्लेजुङ ।
फुङलिङ नगरपालिकाको बहानन्दे टोलमा पुरै कोरोना संक्रमति देखिएका छन । फुङलिङ नगरपालिकाले आज बिहान गरेको ४३ जनाको परिक्षणमा ११ जनामा संक्रमण देखिएको नगरपालिका प्रमुख छत्रपती प्याकुरेलले वताए । प्याकुरेलका अनुसार आज विहान मेवाराजा आधारभुत बिद्यालयमा गरेको परिक्षणमा छ जना महिला र ५ जना पुरुषमा संक्रमण देखिएको हो । जसमध्ये १० जना बहानन्दे टोलका छन । १ जना वाड्नं ३ वतासेका छन । लक्षण सहितका संक्रमित भएपनि लुकाएर बसेको पाइएको प्याकुरेलले वताए । कोरानो देखियोभने बाधेर बिराटनगर लान्छन भन्ने धेरैलाई लागेको रहेछ, प्याकुरेलले भने, मान्छेहरु अझै लुकेर बसेका छन । भोली वाड्नं ९ हाङदेवाको भगवती प्रावि चुहानडाडामा परिक्षण गर्ने प्याकुरेलले वताएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!