२० जेष्ठ, ताप्लेजुङ

सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सरकरको निर्णयको विरोधमा बुधवार वाइसीएल नेपाल र अखिल (क्रान्तिकारी)ले राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला दहन गरेका छन् ।

ताप्लेजुङको एकमात्र विमानस्थल सुकेटार विमानस्थलको नाम तत्कालीन पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारीको नामबाट राख्ने निर्णयप्रति विरोध जनाउदै उनिहरुले सुकेटार विमानस्थलमै पुत्ला दहन गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको पुत्ला दहन गरिएको वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज राजन लिम्बू (मुक्ति) ले जानकारी दिए ।

यसअघि पनि विपक्षी गठबन्धनका युवा संगठबले विज्ञप्ति जारी गरेर विरोध जनाइसकेका छन् भने, जिल्लाको एकमात्र फुङलिङ नगरपालिकाले समेत नाम परिवर्तन नगर्न माग गरेको थियो ।

दिवंगत पुर्वमन्त्री रवीन्द्र अधिकारी प्रति म उच्च सम्मान गर्दछु । तर तथाकथित निकम्मा सरकारले आज ताप्लेजुङको पहिचान, ऐतिहासिता र जिल्लाकै एक पर्यटकीय गन्तव्यको रुपमा स्थापित सुकेटारको नाम नामेट गरेर रवीन्द्र अधिकारी विमानस्थल नामकरण गर्ने निर्णय प्रति घोर आपत्ति प्रकट गर्दछु । यो निर्णयको बिरुद्धमा आम ताप्लेजुङ बासीले सशक्त प्रतिवाद गरौं र ताप्लेजुङका जनताको मर्म र भावना विपरीत गरिएको गलत निर्णयलाई तुरुन्त खारेज गर्न माग गर्छु´, वाइसीएल केन्द्रीय सचिव तथा प्रदेश १ इन्चार्ज मिङ्मा डण्डु शेर्पाले भने ।

सुकेटार विमानस्थल र स्व. रविन्द्र अधिकारीबीच कुनै सम्बन्ध नभएकाले उनको नामबाट विमानस्थलको नामाकरण गर्नु उनीमाथि नै अपमान गर्नु हो । यसर्थ यो निर्णय सरकारले तत्काल फिर्ता लिनै पर्छ´, अखिल क्रन्तिकारी १ नम्बर प्रदेश सह-संयोजक प्रजिन हाङबाङले जनाए ।

विमानस्थलको नामाकरण विवादपछि ताप्लेजुङबाट विपक्षी राजनीतिक दलका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै यसको विरोध गरेका छन् । भने, समाजसेवी तथा स्थानेय बुद्दीजिवीले समेत विरोध जनाउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!