१८ जेठ । नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वलको कोरोना संक्रमणका कारण निधन भएको छ ।

उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरेका उनको आज निधन भएको हो ।
चिकित्सकहरूको सल्लाहमा उज्वललाई अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उनका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको थिए ।

Onlinekhabar







