लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा २ सय ९७ जनाले मात्र मत हालेका छन्। तीन जना जनप्रतिनिधिले मत आज नदिएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन्। उनले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेको बताएका थिए ।
यसैगरी नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ गएकाले मत हालेनन् भने गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा पनि बिरामी भएकाले भोट हाल्न जान सकेनन् । उनको काठमाण्डौंमा उपचार भईरहेको छ ।
स्थानीय तहका तीन जना जनप्रतिनिधि उपस्थित नभए पनि प्रदेश सभाका भने सबै ८३ जनाले मत खसालेका छन्। मत परिणाम आजै आउने छ ।
लुम्बिनीमा नेकपा एमालेको केपी शर्मा ओली समूह र विपक्षी गठबन्धनबाट काँग्रेसका गरी दुई जना उम्मेद्धार छन् ।







