१७ जेठ , काठमाडौं ।

केहीदिन अघि अनुदानमा आएको १५ वटा चिनियाँ अक्सिजनमा आफ्नो तस्विर टाँसेर विवाद र चर्चामा आएका वन मन्त्री प्रेम आले फेरी विवादमा आएका छन् । उनले आफ्नै विज्ञ सल्लाहकार यमबहादुर बमकी पत्नी सीता शाहीलाई मन्त्रालयअन्तर्गतको राष्ट्रिय ताल विकास समितिमा कार्यकारी निर्देशक नियुक्त गरेका छन् ।

समितिमा अध्यक्षसहित ३ सदस्य रहने प्रावधान छ । कार्यकारी निर्देशकलाई ठूलो मानिन्छ ।

वनमन्त्री आलेले आफू मन्त्रीमा नियुक्त भएपछि कैलाली घर भएका बमलाई विज्ञ सल्लाहाकार बनाएका थिए ।

त्यसो त बमकी श्रीमती शाहीलाई ओली सरकारले यसअघि नै बम राष्ट्रिय प्रकृति संरक्षण कोषको सञ्चालक बनाएको थियो । उनले त्यहाँकै गाडी दु’रुपयोग गर्दै आएकी छिन् ।

source by : diyopost.com

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!