१७ जेठ, ताप्लेजुङ ।
ताप्लेजुङ जिल्लाको कन्चनजंघा बोर्डिङ स्कुलका पूर्व विद्यार्थीहरुले जिल्ला अस्पतालमा ४ लाख ७० हजारको सामाग्री हस्तान्तरण
छन् ।
जिल्लाका ४ पूर्व विद्यार्थीहरु फुङ्लिङ नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष जितेन लिम्बु, एन. एम. बिं बैंकका शाखा प्रवन्धक अनिल श्रेष्ठ, कन्चंनजंघा निर्माण सेवाका प्रो. विनोद भारती र सिटीजन लाईफ ईन्सोरेन्स ताप्लेजुङ शाखाका शाखा प्रवन्धक सन्तोष भट्टराईरुले ४ लाख ७० हजार मुल्य बराबरको २ थान अक्सिजन कन्सन्ट्रेटर ५ लिटर, ५ थान अक्सिमिटर र १ थान साउण्ड बक्स जिल्ला अस्पताललाइ हस्तान्तरण गरेको जितेन लिम्बुले जानकारी दिनुभएको छ ।
यता बिरामी र ड्युटीमा खटिने स्वास्थ्यकर्मीको लागि खानानास्ता समेत को व्यवस्था गरिएको बताइएको छ ।








