१७ जेठ, पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २:४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीया ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३:४० मा चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

टाउको, हात तथा छातीमा चोट लागेका घाइतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । उनीहरु उपचारका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए ।

दुर्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए ।

अर्को खबर- बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४:४५ बजे दिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, १/१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् ।

राप्तिसोनारी गाउँपालिका-७ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति १०:१५ बजे मृत्‍यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका-१२ बाँकेका ८७ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान ५ बजे मृत्यु भएको छ ।

यस्तै नारायण नगरपालिका-५ दैलेखका ६० वर्षीय पुरूषको आइतबार दिउँसो ४:४५ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्‍यु भएको छ भने मध्‍य नेपाल नगरपालिका-४ लमजुङका ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान ५:५० बजे मृत्यु भएको छ ।

यस्तै तुल्सीपुर उपमहानगरपालिका-७ दाङका ८३ वर्षीय पुरुषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार विहान ५:१५ बजे मृत्‍यु भएको छ । उनलाई वैशाख ११ गते कोरोना संक्रमण देखिएपछि वैशाख १२ गते अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै घोडाघोडी नगरपालिका-१ कैलालीकी ४० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार विहान ७ बजे मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९१ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २८६ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!