१७ जेठ, ताप्लेजुङ ।

आई. एम. ई. लाइफ इन्स्योरेन्स ताप्लेजुङ शाखाले मृत्युदाबी भुक्तानी वापत रु. ५ लाख रूपैयाँ बिमीतको श्रीमती पासाङ फुटी शेर्पालाई उपलब्ध गराएको छ ।

आई एम ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका अनुसार मृतक पेमा खाण्डु शेर्पाले २०७६ साल फाल्गुन २३ गते ५ लाख बिमाङ्क रकम बराबरको बिमा गरेका थिए। उनको २०७७ साल कार्तिक ८ गते ३८ बर्सको उमेरमा असामयिक निधन भएकोमा सो रकम उपलब्ध गराएको हो ।

कम्पनिले कोभिड –१९ को समयमा स्वास्थ्य मापदण्ड अपनाई निजि निवासमा नै पुगेर उहाँको धर्मपत्नि पासाङ फुटी शेर्पालाई ५ लाख ६ हजार ५०० रुपैयाँको चेक एक अनौपचारिक कार्यक्रम गरि हस्तान्तरण गरेको हो ।

आइतबार रकम उपलब्ध गराउने क्रममा मेरिङदेन गाउँपालिका ५ नम्बर वडा अध्यक्ष जय बहादुर खड्का , सोही वडाका वडा सदस्य छिरिङ शेर्पा , समाजसेवी सुजित ओख्राबु , आई . एम. ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखा प्रमुख ङिमा शेर्पा , सिनियर एजेन्सी म्यानेजर पेम्बा ओङ्दी शेर्पा , एजेन्सी म्यानेजर गोपाल मगर लगायतको उपस्थिति रहेका थियो ।

सो कार्यक्रममा ताप्लेजुङ शाखा प्रमुख ङिमा शेपाले चेक हस्तान्तरण गर्दै दाबी भुक्तानीप्रति इन्स्योरेन्स कम्पनी सरल तथा सचेत रहेकाले सहज ढङ्गबाट भुक्तानी भएको र दाबी भुक्तानीप्रति जनमानसमा पनि राम्रो सन्देश जाने कुरा बताउनुभयो ।

त्यसैगरी कार्यक्रम सञ्चालक एजेन्सी मेनेजर सुर्य गुरुङले पैसाले मानिसको जीवन किन्न त सकिँदैन तर दाबी वापत आएको रकमले परिवारको पिडामा मलम लगाउने काम गरेको बताउनुभयो ।

आई. एम. ई. लाइफ इस्योरेन्सले मुलुकभर २१ वटा घातक रोगको उपचार सुविधासहित बीमाका विभिन्न सेवासुविधा १२५ भन्दा बढी शाखाबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!