१६ जेठ,ताप्लेजुङ।

फुङलिङ नगरपालिका ८ स्थित सुकेटार नजिकै रहेको कालि’ज फर्ममा रहेका डेढ सय कालिज जंग’ली जनावरको आ’क्रमणले म’रेकाछन् ।

वाईड लाईफ एग्रो फर्ममा रहेका १ सय ५० भन्दा बढि कालिज गएराती जंगली जनावरको आ’क्रमणमा परि म’रेका हुन् । उक्त फर्म स्थानीय ४ युवा भरत कार्की, गोपाल भट्टराई, हरि भट्टराई, नविन भट्टराईले साझेदारीमा सञ्चालन गरेका थिए ।

रातको समयमा आ’क्रमण भएकाले ठुलो संख्यामा क्षति भएको फर्म सञ्चालन नबिन भट्टराईले बताए । विहान उठेर हेर्दा यत्रतत्र म’रेको अवस्थामा भेटिएको उनको भनाई छ । हुर्केर बिक्रि गर्ने समयमा पुगेका १ सय ५० बढि कालिज मर्दा झण्डै ४ लाख बढिको क्षति भएको छ ।

नजिकै अन्य संरचना सहित करिब १५ लाखको लागतमा चार महिना अघिदेखि फर्म सञ्चालनमा ल्याईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!