१२ जेष्ठ , ताप्लेजुङ ।

ताप्लेजुङको फुङ्लिङ बजारबाट मध्यराती हराएको प्रदेश १-०२-००३ त ५६४ नम्बरको ट्याक्टर दुर्घटना भएको अवस्थामा फेला परेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख रोहित थापाले जानकारी दिनुभएको छ।

मङ्गलबार मध्यरातको समयमा फुङ्लिङ बजारको कोप्चेमा पार्किङ गरि राखेको ठाउँबाट हराएको ट्याक्टर बिहान खोज तलास गर्दा मेची राजमार्ग अन्तर्गत फु. न. पा. ७ को घोडे चौर नजिक सडकबाट केही तल झरेको अवस्थामा फेला परेको हो।

ट्याक्टर कसले लगो, किन लगो भन्ने विषयमा खोज तथा अनुसन्धान भइ रहेको थापाले कन्चनजङ्घा न्युजलाइ जानकारी दिनु भएको छ।

दुर्घटनामा कुनै मानवीय क्षति भए/नभएको एकिन समेत नभएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी जवान भिम खत्रीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!