काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले विरगंजमा नागरिकता लिनेको भीड लाग्न थालेको जनाएका छन् ।
भारतबाट आउनेको संख्या ठूलो रहेको र बिरगंजमा नागरिकता लिनेको भीड लागेको भन्दै नेता रावलले नागरिकता विदेशीलाई चकलेट बाँडेजस्तो नहुने चेतावनी समेत दिएका छन् ।
जनतालाई जवाफ दिनुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसंग उनले जवाफ समेत मागेका छन् ।
‘प्रमं केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि ? नेपाली जनतालाई जवाफ चाहियो । सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं’, नेता रावलले भनेका छन् ।







