१० जेठ, ताप्लेजुङ ।
ताप्लेजुङको फुङिलङ नगरपालिका वाड नं. ८ हिटीमा काका भतिजद्धारा राहत वितरण गरिको छ । स्थानीय आफ्नै वाडभित्र रहेका ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गर्दै राहत वितरण गरिएको जनप्रतिनिधि समेत रहनु भएका जंघ सुनुवारले जानकारी दिनुभएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) दोस्रो भेरीएन्ट विरुद्ध जुद्धिरहेका विपन्न परिवारलाइ आफ्नै मापदण्ड बनाएर खाद्यान्न वितरण गरिएको हो।
वडामा दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने बिपन्न परिवारलाई राहत वितरण गरिसकेको छ । वडाका २ सय विपन्न परिवारलाई २ लाख २० हजार ५ सय २० रुपैयाँ बराबरको दैनिक उपभोग्य सामाग्री (चामल, नुन, तेल र सावुन) वितरण गरेको क्षितिज सुनुवारले जानकारी दिए ।
फुङिलङ नगरपालिका वाड नं. ८ का वाड सदस्य जंघ सुनुवार र तरणदल जिल्ला सदस्य क्षितिज सुनुवारको यो उदाहरणीय कार्यप्रति आफूहरुको यो महामारीको बेला मुहारमा खुसी छाएको समेत स्थानियहरुको भनाई रहेको छ ।













