काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र निर्वाचन घोषणा पछि आइतबार दिउँसो बालुवाटरमा पत्रकार सम्मेलन आयोजना गरे । मुलधारका कतिपय सञ्चार माध्यमले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कार्यक्रमको लाइभ प्रसारण गरे ।
आफ्नो पछिल्लो कदमको बचाउ र विपक्षी तथा सञ्चार माध्यममा प्रकाशित सामग्रीको खण्डमा लामो समय खर्चेका प्रधानमन्त्रीको लाइभ प्रसारणमा ‘लभ’ भन्दा ‘एङ्ग्री’ रिएक्ट धेरै देखियो । त्यसो त फेसबुकमा यी दुई बाहेक लाइक, हाहा, वाउ र स्याड रिएक्ट समेत देख्न सकिन्छ ।
लाइक रिएक्ट डिफल्ट हुने भएकाले हामीले त्यस बाहेकका अन्य रिएक्टको प्रवृत्ति नियाल्ने प्रयास गरेका छौं । कमेन्टहरुमा पनि मिश्रित किसिमको प्रतिक्रिया देखिए पनि हामीले यसमा रिएक्सनलाई मात्र समेट्न खोजेका छौं ।
जसका लागि ईकान्तिपुर, अनलाइन खबर, सेतो पाटी र रातो पाटीमा गरिएको लाइभ प्रसारणलाई आधार मानिएको छ । लाइभ प्रसारण समाप्त हुँदाको बखतसम्म व्यक्त रिएक्सनलाई मात्र यसमा समेटिएको छ ।
फेसबुकले आफ्नो एप र वेबसाइटका पोस्टमा प्रयोगकर्ताको भावना अर्थात प्रतिक्रिया जनाउन ईमोजी रिएक्सन उपलब्ध गराएको छ । युनिकोड स्ट्याण्डर्डका यी ईमोजीमार्फत प्रयोगकर्तामा आफ्नो भावना वा प्रतिक्रिया सटिक रुपमा व्यक्त गर्ने स्वभाव विकास हुँदै गइरहेको छ ।
लभभन्दा एङ्ग्री रिएक्ट धेरै देखिएको यो तथ्यले सामाजिक सञ्जालमा व्यक्त भइरहेका अधिकांश प्रतिक्रिया प्रधानमन्त्री केपी शर्मा ओली विरोधी किसिमका भएको साधारण निश्कर्ष निस्किन्छ ।
कुन सञ्चार माध्यमको लाइभमा कस्तो रिएक्सन ?
अनलाइन खबर
लाइक रिएक्सन लभ रिएक्ट एङ्ग्री रिएक्ट जम्मा रिएक्सन
९२१ २१२ २६६ १३९९
सेतोपाटी
लाइक रिएक्सन लभ रिएक्ट एङ्ग्री रिएक्ट जम्मा रिएक्सन
२७०० ४८० ५९० ३७७०
ईकान्तिपुर
लाइक रिएक्सन लभ रिएक्ट एङ्ग्री रिएक्ट जम्मा रिएक्सन
३४०० ८०५ १००० ५२०५
रातोपाटी
लाइक रिएक्सन लभ रिएक्ट एङ्ग्री रिएक्ट जम्मा रिएक्सन
१००० १६४ २६४ १४२८







