९ जेठ, ताप्लेजुङ ।
ताप्लेजुङमा गएराति एन्टिजेन पोजेटिभ देखिएकी एक वृद्धाको निधन भएको छ ।
निधन हुनेमा फुङलिङ नगरपालिका ४ की ६९ वर्षी महिला रहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार थप उपचारको लागि जिल्ला बाहिर लाने क्रममा सेसम्बुमा राति २ बजे निधन भएको हो । वृद्धाको शनिबार साँझ एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको बताइएको छ ।
यो सहित जिल्लामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८ पुगेको स्वास्थ्य कार्यालय ताप्लेजुङका कोभिड १९ फोकल पर्सन हेमराज कठायतले जानकारी दिनुभयो । यस्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका तर पुष्टि नभएका ३ जनाको समेत यसअघि नै निधन भएको उहाँले जानकारी दिनुभयो ।









