जेष्ठ ९, काठमाडौँ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत पाँच राजनीतिक दल आबद्ध गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध आज सर्वोच्च अदालतमा सामूहिक रिट हाल्ने भएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा पार्टी संलग्न गठबन्धनको राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा भएको ‘असंवैधानिक’ कदमविरुद्ध आज सामूहिक रिट लिएर अदालतमा जाने तयारी गरेका हुन् । त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न राष्ट्रपति कार्यालयमा शुक्रबार बुझाइएको दाबी पत्रमा हस्ताक्षर गरेका सबैलाई आज दिउँसो १ बजे नागरिकताको प्रमाणपत्रसहित संसद् भवनमा उपस्थित हुन आग्रह गरिएको छ ।

राष्ट्रपति कार्यालयमा शुक्रबार बुझाइएको दाबी पत्रमा हस्ताक्षर गरेका १ सय ४९ जनाकै तर्फबाट रिट हाल्ने तयारी गठबन्धनले तयारी गरेको हो ।
उनीहरूको नागरिकताको प्रमाणपत्रसहित रिट हाल्दा असंवैधानिक कदम सच्याउन अदालतलाई बल पुग्ने ठम्याइ गठबन्धनको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!