प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक चलिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक पौने १० बजेबाट बैठक जारी छ ।

प्रधानमन्त्रीको गतिविधि र राष्ट्रपतिको कदम असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल चलिरहेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेकी थिइन् ।

विपक्षी दल नेपाली काँग्रेस माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले उक्त कदमको विरोध गरेका छन् । यस विषयमा रणनीति बनाउन ११ बजे विपक्षी दलको संयुक्त बैठक पनि बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!