ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार ९ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।
गाउँपालिकाको वडा नं. १ र २ क्रमश निघुरादिन, फुलबारीमा स्वास्थ्यकर्मीको टोली पुगेर कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरुको एन्टिजेन परीक्षण गर्दा ९ जनामा पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार निघुरादिनमा १२ जनाको परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएका हो । त्यस्तै फुलबारीमा ११ जनाको परीक्षण गर्दा ७ जनालाई संक्रमण पुष्टि भएको हो ।
यस्तै शनिबार गाउँपालिकाको केन्द्र हाङपाङमा र आइतबार वडा नं. ४ चाँगेमा परीक्षण गरिने समेत पालिका अध्यक्ष सिटौलाले बताउनुभयो ।







