गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद दिपक मनाङे (राजीव गुरुङ) फेरि मन्त्री बनेका छन् ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्री नियुक्त गरेका हुन् । यद्यपी उनी काठमाडौंमा रहेकाले बुधबारको शपथग्रहणमा भने सहभागी भएनन् ।

यसअघि मुख्यमन्त्री गुरुङले आफ्नो सरकार जोगाउन मनाङेलाई मन्त्री बनाएका थिए ।

मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ प्रक्रियाबाट सरकारको नेतृत्वमा आएपछि बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा मनाङे पनि परेका हुन् ।

मुख्यमन्त्रीले मनाङेसहित किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई मन्त्री बनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!