ताप्लेजुङ, ४ जेठ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमाको सुर्केमा आज भएको आगलागि बाट एक घर जलेर नष्ट भएको छ ।

दिउँसो करिब २ बजे भएको आगलागिबाट पाशाङ शेर्पाको घर जलेर पुर्णरुपमा नष्ट भएको स्थानीय दावा शेर्पाले जानकारी दिनुभयो । आगलागिबाट घर सहित घर भित्र रहेका खाद्यान्न लगायतका सम्पुर्ण सामान जल्दा करिब १२ लाख बढिको क्षति भएको अनुमान छ ।

घरमा ठुलो मान्छे नभएको समयमा साना बालबच्चाले चलाएको लाईटरबाट परालमा सल्किएको आगो घरमा सल्किएको थियो । आगलागिबाट नगद झण्डै डेढ लाख रुपैँया, गरगहना, खाद्यान्नका सामाग्री, काठ, लत्ता कपडा लगायतका सामाग्री जलेर नष्ट भएको छ ।

आगलागि करिब डेढ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । आगलागिबाट मानविय क्षति भने भएको छैन । आगलागि पीडित परिवार छिमेकिको सरणमा रहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!