वर्तमान सरकार गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल गरेको छ ।

बेठकले बजेट अधिवेशन सिफारिस गर्ने अपेक्षा गरिएको थियो । संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न ढिलाइ भइसके पनि सोमबार यसबारे कुनै निर्णय भएन ।

सरकारको गतिविधिले यसपटक प्रिबजेट छलफल नहुने निश्चितजस्तै भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बैठकपछि भने, ‘अधिवेशन बोलाउने विषयको कुनै निर्णय भएन। नियमित नितिगत निर्णय मात्रै हो ।’

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ भने कम्तिमा १५ दिनअघि नै प्रिबजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!