काठमाण्डौं । ठाकुर र महतो पक्षले ओलीलाई सहयोग पुग्ने गरी गतिविधि गरे पछि उनीहरुलाई कार्बाही गर्नु पर्ने माग जसपा भित्र बढेको छ । आज जसपाको बाबुराम र उपेन्द्र यादव समुहले केन्द्रीय कार्यकारीणी समितिको बैठक बोलाएको छ ।
शुक्रबार अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराईपक्षले बैठक बोलाएको हो।
बैठकले पार्टीको विधान विपरित जानेहरुको विषयमा निर्णय गर्ने बताईएको छ ।
उपेन्द्र(बाबुराम पक्षले विश्वासको मतको विपक्षमा मतदान गरेका थिएन भने महन्थपक्षका १५ जनाले विश्वासको मत दिएका थिए।







