अमेरिकाको ड्याकोटा राज्यको उत्तरी भागमा रहेको एउटा सहर अहिले निकै संकटमा छ । लामो समयदेखि सहरको मेयर रहेका व्यक्तिको निधन भएपछि सहरको अस्तित्व नै लोप हुने जोखिममा छ । यो सहरको जनसंख्या जम्मा २ जना मात्रै रहेको छ ।

यद्यपि, पछिल्लो समयमा केही झिनो आशा पलाएको छ । कारण–स हरको जनसंख्या दोब्बरले बढेर ४ पुग्ने सम्भावना बढेको छ ।

रुजोस्थित म्याकलिन काउन्टीका मेयर ८६ वर्षीय ब्रुस लोरेन्जको गत जुलाईमा निधन भएको थियो । उनको निधनपछि त्यो उक्त सहरको अस्तित्व नै लोप हुने जोखिम बढेको थियो । जबकि, कुनै सहरको अस्तित्व कायम राख्न न्यूनतम जनसंख्या ३ जना चाहिने नियम त्यहाँ छ ।

यतिबेला सहरमा लाउरिन्डा रोलोसन र उनका पती टेरी रोलोसन मात्र बस्छन् । यति सानो पनि सहर ! उनका अनुसार अहिले उक्त सहरको नागरिकता प्राप्त गर्न योग्य एकजना अर्का व्यक्ति भेटिएका छन् ।

ग्रेग स्कमाल्ज नामका व्यक्तिसँग रुसो सहरको पोस्ट बक्स नम्बर रहनुका साथै कुखुरा र घोडा फार्म हेर्न हरेक दिन सहरमा आउने गर्छन् । त्यसैले उनलाई सहरको नागरिकता प्रदान गरी मेयर बनाउने तयारी भएको खबर छ ।

ग्रेग र उनकी पत्नी मिचेल हाल भेल्भा सहरमा बस्दै आएका छन् । तर, उनीहरू यसै वर्ष रुजो सहरमा बसाइँ सर्ने योजनामा रहेका छन् । त्यहाँ उनीहरूले आफ्नो नयाँ घर बनाइरहेका छन् ।

खबरअनुसार यो जाडो सिजनअघि घर निर्माणको काम सकिने बताइएको छ । रुजो सहर सन् १९०९ मा स्थापना हुँदा त्यहाँ १ सय ४१ जना मानिस थियो । यो नै सहरको जम्मा जनसंख्या थियो ।

तर, समयक्रमसँगै सन् १९५६ पछि यो सहरको जनसंख्या स्वात्तै घट्यो । अन्नमिल बन्द भएसँगै यहाँका मानिस सहर छाडेर अन्यत्रै जान थालेका थिए ।

–बिबिसीबाट

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!