१ जेष्ठ २०७८, शनिवार ।

अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) प्रदेश नं. १ ले जनताको जिवन रक्षा गर्नका निम्ति सरकारलाई ध्यानाकर्षण गराएको छ । कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहरको महामारीले सिंगो देशको अवस्था अक्रान्त र भयावह भएको अवस्थामा पनि सरकारको ध्यान नगएको भन्दै एक विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो ।

क्रान्तिकारीको १ नं. को कोरोना प्रेस विज्ञप्ति

आदरणीय जनसमुदाय तथा बिधार्थी साथिहरु,

आज कोरोना भाइरस ९कोभिड–१९¬०को दोस्रो लहरको महामारीले सिंगो देशको अवस्था अक्रान्त र भयावह भएको छ । यस संक्रमक भाइरसका कारण निधन भएका प्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ । तथा संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।
विरामीहरु अस्पतालमा वेड नपाएर उपचारबाट वञ्चित भएका र अक्सिजनको अभावका कारण वेड पाएर पनि उपचार गर्न नसकिने अवस्था सृजना भएका समस्याहरु काठमाण्डौ उपत्यका लगायत देशभरीबाट आइरहेका छन् । यस विषम परिस्थितिलाई सहज बनाई जनताको जिवन रक्षा गर्नका निम्ति सरकारको ध्यानाकर्षण गराउँदछौ । संक्रमितहरुको, सहजरुपमा उपचारको व्यवस्था मिलाउन जनताको जिवन रक्षा गर्न सरकारसंँग माग गर्दछौँ । जनताको जीवन रक्षालाई वेवास्ता गरेर सत्ताको स्वार्थमा केन्द्रित हुने सरकारको रबैयाप्रति खेद प्रकट गर्दै यस माहामारीका बिरुद्ध लड्नको लागि सरोकारवालाहरुको निम्न विषयहरुमा ध्यानकर्षण गराउदछौ ।

निम्न विषयहरुमा सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउन चाहान्छौ ।
१। सरकारी र नीजि अस्पतालसँग भएको उपचार क्षमताको आँकलन गरी ८०५ कोभिड उपचारको निम्ति छुट्याउने ।
२। अक्सिजन वितरण र खपतमा एकरुपता कायम गरी आवश्यकताका आधारमा १४ जिल्लामै वितरण गर्ने व्यवस्था मिलाउने ।
३। चिकित्सक तथा स्वास्थ्यकर्मीको अवस्था आङकलन गरी आवश्यकता अनुसार तत्काल जनशक्ति थप गर्ने ।
४। सामुदायिक भवन, पार्टी कार्यालयहरु, शैक्षिक संस्था र संघ संस्थाका भवनहरुलाई कोभिड अस्थायी अस्पताल बनाउने ।
५। निषेधाज्ञाका कारण रोजी रोटी गुमाउन पुगेका विपन्न÷मजदुरहरुलाई विशेष राहतको व्यवस्था मिलाउने ।
६। घर बाहिर रहेका मजदुर तथा विद्यार्थीहरुलाई उचित राहतको व्यवस्था गर्ने र घर जान चाहेमा स्वास्थ्य परिक्षण गराई सुरक्षित रुपमा घर जाने ब्यबस्था मिलाउने ।
७। सरकारी कोभिड अस्पतालहरुलाई तत्काल स्तर उन्नति गरी थप वेड, आइ।सि।यू र भेन्टिलेटरको व्यवस्था गर्ने र प्रदेशभित्रका ठुला मेडिकल कलेजहरु वि।पि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान, वि एण्ड सी टिचिङ्ग हस्पिटल बिर्तामोड, विराट मेडिकल कलेज बिराटनगर तथा नोवेल मेडिकल कलेज बिराटनगर जस्ता ठूला अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने ।
८। प्रसुती लगायत अन्य किसिमका विरामीहरुलाई अन्य अस्पतालहरुमा सहज रुपमा उपचारको व्यवस्था मिलाउने ।
९। निजि एम्वुलेन्सहरुको नियमन र निगरानी गरी ५०५ सरकारी गाडीहरुलाई कोरोना एम्बुलन्सको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउने ।
१०। होम आइसुलेसनमा रहेका संक्रमितहरुको स्थानीय सरकारबाट दैनिक स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाउने ।
११। कृतिम अभाव सृजना गर्ने र चर्को शुल्क असुल्नेलाई तत्काल कार्वाही गर्ने ।
१२। कोभिड विरामीको उपचार शुल्कमा एकरुपता कायम गर्ने ।
१३ महामारीमा जोखिम मोली काम गर्ने स्वास्थ्यकर्मीहरुलाई १००५ जोखिम भत्ता उपलब्ध गराउने ।

मानव जातिमा आएको यो संकट पार गर्नका लागि उच्च मनोवलसहित अग्रमोर्चामा खटिनु हुने चिकित्सक, स्वास्थ्यकर्मीहरुको प्रशंसा गर्दछाँै । जनताको जिवन रक्षाको लागि आफु, परिवार र समाजलाई बचाउदै स्वयम्सेवक रुपमा सुरक्षाका मापदण्ड अपनाएर उच्च मनोवल, इच्छा शक्ति र तयारीका साथ आफ्नो तर्फबाट योगदान पुर्याउन सम्पुर्ण नेता, कार्यकर्ता र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।

क्रान्तिकारी अभिवादन सहित १

………………..
मदन भट्टराई
संयोजक

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!