३१ बैशाख २०७८, शुक्रवार, ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–२ की ९४ वर्षीया वृद्धा रहेका छन् ।
वृद्धाको शुक्रबार दिउँसो मृत्यु भएको हो । परिवारिक श्रोतका अनुसार वृद्धामा केही दिन अघिदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार वृद्धाको मृत्युपछि जिल्ला अस्पताल ताप्लेजुङमा नमुना परीक्षण गर्दा एन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो । शवको अन्त्यष्टि परिवारले आफँैले गर्ने भएपछि ५ थान पीपीई सेट उपलब्ध गराइएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।
शवलाई काबेली घाटमा अन्त्यष्टि गरिएको समेत प्रजिअ पाण्डेले जानकारी दिुनभयो ।
यस अघि ताप्लेजुङको सुकेटारका एक वृद्धामा समेत मृत्युपछि एन्टिजेन पोजेटिभ देखिएको थियो ।







