एजेन्सी

हामीले समाजमा कतिपय पुरुष पत्नीबाट पीडित भएको त सुनेका छौं होला । तर, पीडित पतिहरूले जिउँदा श्रीमतीको नाममा पिण्डदान नै गरेको भने सुनिएको नहुन सक्छ । किनभने, पिण्ड मरेका पितृको नाममा दिइन्छ ।

तर, हाम्रै छिमेकी देश भारतको महाराष्ट्रस्थित नासिकमा भने एकैपटक १ सयजना पुरुषले जीवित रहेका श्रीमतीहरूको नाममा पिण्डदान गरेका छन् ।

उनीहरूले आफू पत्नीपीडित भएको बताउँदै उक्त पीडाबाट मुक्ति पाउन जिउँदा पत्नीको पिण्डदान गरेको बताएका छन् । उनीहरूले केही दिनअघि मात्रै धार्मिक संस्कारअनुसारै जिउँदा श्रीमतीको नाममा पिण्डदान गरेका हुन् ।

पिण्डदान गर्दा मन्त्रोच्चारण गर्न पनि असली पण्डित नै बोलाइएको थियो । उनीहरूले पछि पत्नीका नाममा दिएको पिण्ड गोदावरी नदीमा बगाएका थिए । भारतीय अनलाइन मिडियाका अनुसार ती पुरुषले आफ्ना श्रीमतीहरूको शोषणबाट मुक्ति पाउन यस्तो कार्य गरेका हुन् ।

त्यत्ति मात्रै हैन, त्यस्ता पत्नीपीडित पतिहरूले त संघ नै खोलेका छन् । पछिल्लो समय उनीहरूले आफ्ना लागि एक अधिकारसम्पन्न सरकारी आयोग गठन गर्नसमेत माग गरेका छन् । अहिले पत्नीपीडित संघको नेतृत्व भने अमित देशपाण्डेले गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!