एजेन्सी
चीनमा एउटा यस्तो गाउँ छ, जुन दुनियाँमै अनौठो गाउँका रूपमा परिचित छ । याङ्सी नामको त्यो गाउँलाई संसारकै एक मात्रै होचा–पुड्का बस्ने गाउँका रूपमा चिनिन्छ । संयोग यस्तो छ कि, उक्त गाउँमा धेरैजसो मानिस होचा–पुड्का मात्रै रहन्छन् ।
यस्तो अनौठो गाउँ पहाड र धान खेतले घेरिएको छ । उक्त गाउँमा बस्ने करिब ४० प्रतिशत मानिस ज्यादै होचा र पुड्का छन् । त्यस्ता मानिसको उचाइ बढीमा ३ फिट १० इन्च छ भने उनीहरू २ फिट १ इन्चसम्मका होचा पनि छन् ।
गाउँकै धेरै मानिस होचा र पुड्का भएपछि अहिले वैज्ञानिकहरूले यसमा चासो देखाएका छन् । सन् १९९७ मा गरिएको एक अनुसन्धानक्रममा गाउँमा भएको माटोमा पारोको मात्रा उच्च पाइएको थियो । वैज्ञानिकले सोही माटोलाई होचोपनको कारण मानेका थिए । तर, त्यसपछि यो कुराको पुनः पुष्टि थप अनुसन्धान भने हुन सकेको छैन ।
खबरअनुसार यस्तो अचम्मको गाउँ सन् १९५१ मा पत्ता लागेको थियो । अहिले उक्त गाउँमा कूल ८० जना मानिस छन् । त्यसमा झन्डै ३६ हजार मानिस होचा–पुड्का बस्छन् ।







