मानिसको शरिर अन्य प्राणीको तुलनामा निकै संवेदनशिल हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरिरले पहिले देखी नै आशंका समेत गर्ने गर्दछ । शरिरको विभिन्न अंग फरफराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ भन्ने जनविश्वास छ ।

समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फरफराउँदा भविष्यमा कस्ता घटना घट्न सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको हुन्छ ।

शरिरको अंगहरू फरफराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाका बारे संकेत गर्ने गर्छ । वर्तमान समयमा यी कुराहरू विश्वास गर्न निकै कठिन हुने भएपनि यसलाई पुरै वेवास्ता भने गर्न सकिन्न । थाहा पाईराखौ शरिरको विभिन्न भागमा हुने फरफराइले के संकेत गर्छ।

– चिउडो फरफराउँनु : स्त्री खुस मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ ।

– निधार फरफराउँनु : भौतिक खुस भोगको अवसर प्राप्त हुन सक्छ। भने कानको भाग फरफराउँदा इच्छाहरू पुरा हुन सक्छ ।

– दाहिने आँखाको आँखीभौ र आँखा फरफराउँनु : चाहेका सबै इच्छा पूर्ण हुन्छन्। साथै शारीरिक कष्ट पनि हुन सक्छ ।भने बायाँ आँखा र आँखीभौ फरफराउँदा शुभ समाचार प्राप्त हुन्छ ।

– दुवै गाला फरफराउँनु : धन प्राप्त हुन्छ ।

– ओठ फरफराउनु : मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फरफराउँदा भने छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ।

– दाहिने काँध फरफराउनु : धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फरफराउँदा सफलता प्राप्त हुने तर, यदी दुवै काँध फरफराए झगडाको सम्भावना बढ्छ ।

– यदी हात फरफराउनु : मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औला फरफराए साथीहरूसँग भेट हुने बताएका छन् ।

– ढाड फरफराउनु : केही विपदको सम्भावना रहन्छ ।

– छाती फरफराउँनु : साथिसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फरफराए झगडा हुने सम्भावना रहन्छ ।

– दाहिने खुट्टा फरफराउनु : कठिनाईको सामना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फरफराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!