ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरी बुधबार औपचारिक रूपमा अनावरण गरिएको छ।

कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिंह हाङगामले एक कार्यक्रमबीच प्रतिमाको अनावरण गर्नुभएको हो।

फुङलिङ नगरपालिका–८ का वडा अध्यक्ष क्षितिज सुनुवारका अनुसार कोशी प्रदेश सरकारको २० लाख रुपैयाँको लगानीमा स्थानीय उपभोक्ता समितिमार्फत प्रतिमा निर्माण गरिएको हो। निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकराज गुरुङका अनुसार बौद्ध धार्मिक परम्पराअनुसार विशेष पूजा, प्रार्थना तथा धार्मिक अनुष्ठान सम्पन्न गरेपछि प्रतिमाको अनावरण गरिएको थियो।

अनावरणअघि १०८ वटा दीप प्रज्वलन गरी चारपाटेमा रहेको ऐतिहासिक ठूलो ढुङ्गाको परिक्रमा गरिएको थियो। कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य हाङगामले चारपाटे क्षेत्र धार्मिक आस्थासँगै पर्यटन प्रवर्द्धनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताउनुभयो।

स्थानीयवासी छविरमण गुरुङले चारपाटे धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै यहाँबाट हिमाली तथा पहाडी दृश्य सहज रूपमा अवलोकन गर्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको बताउनुभयो।

अनावरण कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य निर्मला तावा, जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुख कृष्णप्रसाद लिङखिम, फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा, विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, जातीय तथा धार्मिक संघसंस्थाका प्रतिनिधि, आमा समूहका पदाधिकारी, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!