ताप्लेजुङ ताप्लेजुङ। कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जिल्ला प्रहरी परिसर ललितपुरमा दर्ता भएको कर्तव्य ज्यान मुद्दामा फरार रहेका ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थान निवासी २१ वर्षीय विकास लामालाई असार १९ गते ताप्लेजुङबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका लामालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइसकिएको छ।

स्थानीय स्तरमा भने विकास लामाको नाम पाथीभरा याङ्वरक गाउँपालिका–६ थेचम्बु क्षेत्रमा पनि विभिन्न विवादका विषयमा चर्चामा आउने गरेको बताइन्छ। तर ती विषयमा आधिकारिक रूपमा कुनै अभियोग पुष्टि भएको वा अदालतबाट दोषी ठहर भएको सार्वजनिक विवरण भने उपलब्ध छैन।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फरार प्रतिवादी पक्राउ परेसँगै सम्बन्धित निकायमा बुझाइएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!