ताप्लेजुङ । बेलायतको सुख–सुविधा त्यागेर आफ्नै जन्मभूमिको भविष्य उज्यालो बनाउन फर्किएका एक शिक्षाप्रेमी व्यक्तित्व हुन् इन्द्रकुमार गुरुङ। आज उनी आफ्ना स्वर्गीय बुबाआमाले समाजका लागि गरेको त्याग र योगदानको सम्मानस्वरूप सम्मानित भएका छन्।

फुङ्लिङ नगरपालिका–६ वडा कार्यालय भवन निर्माणका लागि स्वर्गीय नरबहादुर गुरुङ र काका यिगिन्द्रकुमार गुरुङले आफ्नो अमूल्य ३ रोपनी जग्गा निःशुल्क दान गरेका थिए। उनीहरूको यही उदारता र समाजप्रतिको समर्पणको उच्च सम्मान गर्दै परिवारका प्रतिनिधिका रूपमा छोरा इन्द्रकुमार गुरुङलाई सम्मान गरिएको छ।

इन्द्रकुमार गुरुङका लागि यो सम्मान केवल एउटा सम्मानपत्र होइन, आफ्ना स्वर्गीय बुबाआमाले रोपेको सेवाभाव, त्याग र सामाजिक उत्तरदायित्वको विरासतप्रतिको सम्मान पनि हो।

गुरुङले बेलायत (युके)मा सुरक्षित र सुविधासम्पन्न जीवन बिताउने अवसर हुँदाहुँदै पनि स्वदेश फर्किने निर्णय गरे। उनले विगत १९ वर्षदेखि ताप्लेजुङको शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुल स्थापना गरी हजारौं विद्यार्थीको भविष्य निर्माणमा आफूलाई समर्पित गरेका छन्।

एकातिर बुबाआमाले स्थानीय विकासका लागि करोडौं मूल्य पर्ने जग्गा निःस्वार्थ रूपमा दान गरे भने अर्कोतिर छोराले शिक्षा मार्फत समाज निर्माणको अभियानलाई निरन्तर अघि बढाइरहेका छन्। यो केवल एउटै परिवारको कथा होइन, समाजका लागि समर्पित पुस्तान्तरणको प्रेरणादायी उदाहरण हो।

कार्यक्रममा नगरपालिकाले गुरुङ परिवारको योगदानले विकास र शिक्षाको क्षेत्रमा नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै सम्मान अर्पण गरेको जनाएको छ। वाड अध्यक्ष मदन गुरुङले पनि “समाजका लागि बाँच्ने मानिसहरू कहिल्यै मर्दैनन्, उनीहरूका कर्म सधैं जीवित रहन्छन्” भन्दै गुरुङ परिवारप्रति उच्च सम्मान व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!