ताप्लेजुङ । दुर्गम बस्तीका धेरै नागरिकका लागि सामान्य आँखा जाँच पनि सहज छैन। आर्थिक अभाव, स्वास्थ्य संस्था टाढा हुनु र जनचेतनाको कमीले गर्दा धेरैले आँखाका समस्या बेवास्ता गर्दै आएका छन्। यस्तै अवस्थामा ताप्लेजुङमा सञ्चालन हुन लागेको निःशुल्क आँखा शिविरले स्थानीय बासिन्दामा आशा जगाएको छ।
नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ, मेची आँखा अस्पताल, मेरिङ्देन गाउँपालिका र सेवा फाउण्डेसन काठमाडौंको सहकार्यमा सञ्चालन हुने शिविरले विशेष गरी विपन्न र दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेको छ।
पहिलो चरणको शिविर वैशाख २१ र २२ गते दोभान बजारमा सञ्चालन हुनेछ भने दोस्रो चरण वैशाख २४ देखि २६ गतेसम्म सदरमुकामस्थित डिचेन डोङ्गाला स्मारक आँखा उपचार केन्द्रमा हुनेछ।
यस शिविरमा आँखा जाँच मात्र होइन, मोतिबिन्दु जस्ता गम्भीर समस्या भएका बिरामीको निःशुल्क शल्यक्रिया समेत गरिनेछ। औषधि वितरण र ४० वर्षमाथिका व्यक्तिलाई पढ्ने चश्मा उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ।
स्थानीय बासिन्दाका लागि यो शिविर केवल स्वास्थ्य सेवा मात्र नभई जीवनस्तर सुधार गर्ने अवसर हो। समयमै उपचार नपाउँदा दृष्टि गुमाउने जोखिममा रहेका धेरै नागरिकलाई यसले नयाँ दृष्टि दिन सक्ने अपेक्षा गरिएको छ।
मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङ विर हाङ्गामका अनुसार, “यस्तो शिविरले गाउँमै विशेषज्ञ सेवा ल्याएर जनतालाई ठूलो राहत दिन्छ।”
स्वास्थ्य सेवाबाट टाढा रहेका समुदायमा प्रत्यक्ष प्रभाव पार्ने यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्ने

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!